ताजा अपडेट »

‘पर्यटन व्यवसायलाई पुनःजीवन दिने खालको बजेट आएन’

सोमबार, ०५ जेठ २०७७, २२ : १६
6 Shares

काठमाडौं । पर्यटन व्यवसायीले सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनःजीवन दिने खालको नभएकाे बताएका छन् । पर्यटन व्यवसायीका विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीको मर्म र भावना समेट्न नसकेको बताएका हुन् ।

ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको सङ्क्रमणबाट थला परेको पर्यटन उद्योगलाई राज्यले प्राथमिकतामा नराखेको गुनासो गरे । “भ्रमण वर्षलाई सफल बनाउन व्यापक लगानी गरेको पर्यटन क्षेत्रलाई बचाउने गरी बजेट आउनुपर्छ”, उनले भने । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइले पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने र शिथिल भइसकेको व्यवसायलाई पुनःजीवन दिएर पुनःस्थापना गर्ने सरकारको प्रमुख दायित्व भएको बताए ।

“कोरोना महामारीको सङ्क्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई पुनःउत्थान गर्ने कुनै पनि ठोस योजना नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखद् कुरा हो”, उनले भने । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले सरकारले पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।