ताजा अपडेट »

२६ वर्षीय सान्तव पर्यटन उद्योगमा प्रवेश, तिलोत्तमामा ४० करोडको ‘द क्राउन ईन’

बुधबार, २८ चैत्र २०८०, १३ : ३४
5.14K Shares

बुटवल । थाइल्यान्ड बसेर व्यवस्थापन विषयमा स्नाकोत्तर गरी नेपाल फर्किएका २६ वर्षीय सान्तव थैव ४० करोड लगानीको द क्राउन ईन होटलको नेतृत्व सम्हाल्दै पर्यटन उद्योगमा प्रवेश गरेका छन् । ‘नेपालमा केही हुँदैन, खत्तमै छ’–भन्नेहरुका लागि पनि आफूले पर्यटन उद्योगमा प्रवेश गरेर केही नयाँ उदाहरण पेश गर्ने लक्ष्यसहित अघि बढेको उनी बताउँछन् ।

रुपन्देहीको सिद्धार्थ राजमार्गसँगै जोडिएको तिलोत्तमा–२ जानकीनगरस्थित २ कट्ठा क्षेत्रफलमा फैलिएको ‘द क्राउन ईन’लाई अरुभन्दा फरक शैलीमा सञ्चालन गरी सफल पर्यटन व्यवसायी बन्ने उनको सोच छ । नेपालमा पर्यटन र हस्पिटालिटीमा राम्रो सम्भावना देखेको बताउने उनले अन्य व्यवसायीहरुलाई समेत अहिले नै आत्तिनु हुँदैन भन्ने सल्लाह दिन्छन् । गुणस्तरीय सेवालाई सकेसम्म सस्तोमा दिने सोंच आश्यक रहेको बताउँदै सान्तवले भन्छन् –‘मूनाफा एकै पटकमा धेरै कमाउनेभन्दा पनि थोरै–थोरै तर धेरै पटक कमाउने सोँच राख्यौ भने हामी सफल हुन्छौं ।’

conference hall

अरबौं लगानी भएका थुप्रै होटल ब्यवसाय तथा उद्योगधन्दा बन्द भैरहेको बेला सान्तवले भने आफू सफल हुने आत्मविश्वाससहित पर्यटन उद्योगी बन्ने सोचमा पुगेको बताउँछन् । ‘म जन्मेको माटोमा केहि गर्नुपर्छ भनेर नेपाल फर्केर आएको हुं ।’–पर्यटन व्यवसायमा प्रेश गर्नुका कारण बारे बताउँदै उनले भने, ‘हामीले नेपाली भुमीप्रति सम्मान गर्नुपछ आफ्नो देशमा केही हुंदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाड्नुपर्छ ।’

सान्तवले नेतृत्व गरेको द क्राउन ईन ६ तले भवनमा बनेको छ । सेमि स्वीट, डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० रुम रहेको होटलमा पाहुनाका लागि थ्री बी अन्तर्गत ‘वेस्ट बेड’, ‘वेस्ट बाथ’ र ‘वेस्ट ब्रोडब्याउण्ड’ अर्थात आरामदायी सुत्ने कोठा, सफा र उपयुक्त सुविधासहितको वासरुप सुविधा र हाई स्पीड इन्टरनेट सेवालाई प्राथमिकता दिइएको छ । यसैगरी ‘थ्री एस’ अन्तर्गत वेस्ट सर्भिस, वेस्ट सेक्युरिटी र वेस्ट सेफ्टीलाई उच्च प्राथमिकता दिइएको उनले बताए । होटलमा सय जना क्षमताको फाइन डाइनिङ बार र ६० जना क्षमाताको रुफ टप बार तथा ३५ जना क्षमताको बिजनेस मिटिङ हल र पर्याप्त पार्किङ सुविधा रहेको उनले बताए ।

resturent

पूर्णत बिजनेस होटेलको रुपमा रहेको क्राउन ईनका सबै रुमहरुमा पाँचतारे होटेलको स्टाण्डर्ड मेन्टेन गरिएको, प्रत्येक रुमका लागि अलग अलग इन्टरनेट राउटर जडान गरिएको सान्तवले बताए । स्थानीयदेखि राष्ट्रिय र वहुराष्ट्रिय कम्पनीका व्यवसायी, उद्योगी, कर्पोरेट सेक्टर, बैंकर तथा आन्तरिक र वाह्य पर्यटक सबैका लागि उचित दरमा उच्च गुणस्तरको सुविधासहित बास बस्ने होटलका रुपमा लैजाने लक्ष्य छ सान्तवले बताए ।

सान्तवको व्यवसायी बन्ने सपनालाई साकार रुप दिने र सुझाब सल्लाह दिने व्यक्ति उनका बुवा अनन्त थैव हुन् । एकैपटक महंगो होईन् दिगो बनाउनका लागि सुपथ मुल्यमा सेवा दिनुपर्छ भन्ने मान्यता राख्नुपर्ने अनन्त बताउँछन् । होटल व्यवसायमा देखिएका कतिपय विकृतिहरुको बारे टिप्पणी गर्दै उनले अब व्यवसायीहरु नयाँ धारणासहित जानु पर्ने बताउँछन् । ‘हामी पानी बेचेर पाप बोक्न  चाहन्नौं । होटलमा आउने पाहुनालाई पस्ने बित्तीकै स्वागतका नाममा मिनरल वाटर बेचेर पैसा लिने छैनौं ।’–हस्पिटालिटीमा नयाँ अभ्यासको खाँचो औल्याउँदै बुवा अनन्तले सुनाए ।

गएको माघदेखि सफट ओपनिङ भएको होटलको ग्राण्ड ओपनिङ भने २०८१ को पहिलो दिन अर्थात  बैसाख १ बाट हुने सान्तवले बताए । होटेलको प्रत्येक रुमबाट बुटवल र तिलोत्तमादेखि भैरहवासम्मको मनोरम दृश्य देख्न सकिन्छ । होटल ब्यवस्थापनका अनुसार प्रत्येक रुममा फायर फाइटिङ् प्रविधि तथा प्रत्येक फ्लोरमा फायर एक्जिट प्रविधि रहेकोले सुरक्षामा ढुक्क भएर बस्न सकिन्छ ।

roof top bar in crowninn

होटेलमा  विवाह पार्टी ठूला गोष्ठी केही नहुने भएकाले बाह्रै महिना डिस्टर्बमुक्त र शान्त वातावरण रहने दाबी गरिएको छ । ‘सबै रुममा साउण्ड पुफ प्रविधि राखिएकाले हाइवेतर्फका रुममा पनि गाडीको कुनै आवाज सुनिंदैन’ उनले भने ।

होटलमा भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन बनाइएको बताए । जसले गर्दा शाकाहारी र मांशाहारी खानेहरु ढुक्कले आफ्नो रोजाईको खाना खान सक्ने छन् । यस्तै मुस्लिम समुदायलाई लक्षित गरेर हलाल खानाको पनि व्यवस्था रहेको छ । होटेलमा आफ्नै ब्राण्डको बेकरी क्याफे पनि रहेको सान्तवले बताए । होटलमा न्यूनतम ४ हजारदेखि बस्ने कोठा उपलब्ध रहेका छन् भने नयाँ वर्ष तथा ओपनिङ अफर अन्तरगत २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।