ताजा अपडेट »

भैरहवाबाट १० हजार किलो बढी चिनी बरामद

विहीबार, १३ बैशाख २०८१, १८ : १४
302 Shares

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीमा १० हजार २ सय ५० केजी अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले बिहीबार बिहान साढे ९ बजे चिनी बरामद गरेको हो ।

‘विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा चिनी नेपाल ल्याइ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चिनी मिल ईलाकामा गोदाम गरी नेपाली चिनी मिलहरुको बोरामा प्याकिङ्ग गरी सिलाइरहेको अवस्थामा चिनी बरामद गरिएको हो ।'-डीएसपी न्यौपानेले भने । डीएसपी न्यौपानेका अनुसार बोरा पल्टी गरिरहेका मानिसहरु सुरक्षा टोलीलाई देखेपछि गोदाम छाडेर भागेका थिए ।

गोदाममा रहेको १० हजार २ सय ५० केजी चिनी र १ थान बोरा सिलाउने मेसिन भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएकोमा चिनीको मूल्य रु. ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु. १० हजार गरी रु. ६ लाख ७६ हजार २ सय ५० मा भन्सार दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।