ताजा अपडेट »

गुल्मी ईश्माका आगलागी पीडीत राहत बितरण

शनिबार, २२ बैशाख २०८१, १५ : ३७
280 Shares
शनिबार, २२ बैशाख २०८१
280 Shares

बुटवल । गुल्मी जिल्ला ईश्मा गाँउपालिका ४ कोटकटेमा बैशाख ८ गते भएको भिषण आगोलागीबाट पिडित परिवारलाइ राहत बितरण गरिएको छ। 

तिलोत्तमा नगरपालिकामा क्रियाशील रहेको क्षितिज आमा समुहकाे अगुवाइ २०८१ बैशाख २० गते आगोलागीबाट  पिडित ८ घर परिवारलाई खाध्यान्नहरु, सिरक, डसना, व्ल्ङ्याकेट्,तन्ना, सिरानी लगायत अन्य आवश्यक सामाग्री बितरण गरिएकाे संस्थाका सचिव सिर्जना श्रेष्ठले बताए ।

संस्थाका सल्लाहकार डोलराज ज्ञवालीको अध्यक्षता तथा  ईश्मा गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुकाे प्रमुख आतिथ्यतामा भएको साे कार्यक्रम समुहका सचिव सिर्जना श्रेष्ठले संचालन गरेका थिए। साे कार्यक्रममा ईश्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजु बस्नेत, वडा सदस्य सीता बि.क र पुर्व वडा सदस्य भिमकान्त खनालको समेत उपस्थिति थियो ।

उक्त कार्यक्रममा बाेल्दै स्थानीय बडा अध्यक्ष राजु बस्नेतले भाैगाेलिक विकटताका कारण अन्य संस्थाबाट पिडितहरु लाई राहत जुट्न नसकि रहेको अवस्थामा टाढा रहेको तिलाेत्तमा नगरपालिका ३ स्थित मनकारी क्षितिज आमा समुहबाट भएकाे सहयोग प्रति कृतज्ञता जाहेर गरेका थिए ।

राहत वितरण कार्यक्रममा क्षितिज आमा समुहका सदस्य गिता आचार्य र सल्लाहकार भेसराज भुसालकाे समेत सहभागीता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।