ताजा अपडेट »

नाच्दै पेस्तोल पड्काएकी जसपा नेत्री यादवमाथि प्रहरी अनुसन्धान

विहीबार, १८ बैशाख २०८२, १२ : २७
188 Shares
विहीबार, १८ बैशाख २०८२
188 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेत्री डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियोका बारेमा प्रहरीले सोधपुछ गर्ने भएको छ ।

बुधबार ९वैशाख १८० सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो ‘भाइरल’ भएपछि प्रहरीले चासो देखाएको हो ।

पेस्तोल पड्काएकाविषयमा सोधपुछका निम्ति यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाइएको छ । यादव सप्तरीको बोदे बरसाइन नगरपालिका-५ की बासिन्दा हुन् । सप्तरीका प्रहरी प्रमुख एवं एसपी ढकेन्द्र खतिवडाले यादवलाई सोधपुछका निम्ति बोलाइएको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।