ताजा अपडेट »

विहिबारदेखि लागू हुनेगरी घट्यो पेट्रोलको मूल्य, लिटरको कति ?

बुधबार, १७ बैशाख २०८२, २३ : ३६
92 Shares
बुधबार, १७ बैशाख २०८२
92 Shares

बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलका साथै हवाई इन्धनको मूल्य घटाएको हो । 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २९ डलर प्रतिकिलो लिटर घटाइएको छ ।

यससँगै अब काठमाडौंमा पेट्रोलको १५८ र डिजेलको १४५ रुपैयाँ कायम भएको छ । बढेको मूल्य बिहीबारदेखि लागू हुने निगमले जनाएको छ ।

494886002_1628225147880898_2094401067479907009_n_1_1BtcsN9DyC

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।