ताजा अपडेट »

पार्टी एकता घोषणा स्थलबाट रेशम चौधरी प्रहरीद्वारा पक्राउ

बुधबार, १७ बैशाख २०८२, १३ : १४
238 Shares
बुधबार, १७ बैशाख २०८२
238 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् । 

बुधवार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम तय भएको थियो । एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका छन् । २०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।