ताजा अपडेट »

गुल्मीमा आगलागीमा परी ६ वर्षीय बालकले गुमाए ज्यान

शुक्रबार, १२ बैशाख २०८२, २१ : ३२
808 Shares
शुक्रबार, १२ बैशाख २०८२
808 Shares

बुटवल । गोठमा लागेको आगोमा परेर गुल्मीमा एक बालकको मृत्यु भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ आखररुख निवासी गणेश नेपालीको गोठमा लागेको आगोमा परेर उनका छोरा चार वर्षीय विवेक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोठमा शुक्रबार दिउँसो आगो लागेको थियो। दिउँसो बालबालिकाहरुले खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। गोठमा अचानक आगलागी भएपछि विवेककी दिदी गुहार माग्दै बाहिर निस्किएपनि उनी भने गोठभित्रै बसेकोले आगलागीमा परेको वडाध्यक्ष चेतमान कुँवरले जानकारी दिए।

आगलागीबाट ढुंगा र माटोले बनेको दुईतले गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ। वडाध्यक्ष कुँवरका अनुसार गोठमा भएका पशु चौपाया भने आगलागीबाट जोगिएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।