ताजा अपडेट »

भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा

विहीबार, १८ बैशाख २०८२, २२ : ३६
132 Shares
विहीबार, १८ बैशाख २०८२
132 Shares

बुटवल । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थी छात्रा मृत फेला परेकी छन् ।

बिहीबार साँझ नेपाली विद्यार्थी कलेजको होस्टलमै मृत फेला परेको त्यहीँ अध्ययनरत एक विद्यार्थीले बताए । छात्रा पर्साको वीरगन्ज निवासी भएको बताइएको छ । उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको नेपाली विद्यार्थीहरूको भनाइ छ । केही महिनाअघि बुटवलकी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा मृत्यु भएको थियो ।

उनले उक्त विश्वविद्यालयको होस्टलमा आत्महत्या गरेपछि विश्वविद्यालयबाट भएको व्यवहारको नेपाल र भारतमा समेत चर्को विरोध भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।