ताजा अपडेट »

गठबन्धन भत्किएपछि आधिकारिक धारणा निर्माण गर्न काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

मंगलबार, २२ फागुन २०८०, ०७ : ४५
34 Shares

काठमाडौं । गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेपछि आधिकारिक धारणा निर्माण गर्न नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकले नयाँ सत्ता समीकरणबारे समीक्षा गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि नयाँ गठबन्धन बनाएपछि कांग्रेससहितको गठबन्धन टुटेको छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादीको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनबाट एमालेका पदम गरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल मन्त्री बनिसकेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।