ताजा अपडेट »

प्रधानमन्त्रीले बालाए मन्त्रीपरिषद बैठक

शुक्रबार, १९ बैशाख २०८२, ०८ : ०३
80 Shares
शुक्रबार, १९ बैशाख २०८२
80 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदैछ। 

सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए। गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।