ताजा अपडेट »

विद्यालय कर्मचारीले शिक्षक महासंघ विरुद्ध आन्दोलनको घोषणा

शुक्रबार, १९ बैशाख २०८२, ११ : ४१
122 Shares
शुक्रबार, १९ बैशाख २०८२
122 Shares

काठमाडौं । विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको छ । कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ । शिक्षक महासंघको समापन कार्यक्रममा बिहीबार दुई पक्षबीच चर्काचर्की भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।