ताजा अपडेट »

झूटो प्रचारले झुक्याइयो हजारौंलाई: ‘नायक तथा गायक प्रकाश सपूत आउने’ भनिए पनि अन्त्यमा आएनन्!

शुक्रबार, १९ बैशाख २०८२, २१ : ३६
352 Shares
शुक्रबार, १९ बैशाख २०८२
352 Shares

गुल्मी । गुल्मी महोत्सवमा सहभागी हुने भन्दै व्यापक प्रचार गरिएको ‘नायक तथा गायक प्रकाश सपूत’ अन्ततः कार्यक्रममा नआएपछि हजारौं दर्शकहरू ठगिएको महसुस गर्दै रुष्ट बनेका छन्। आयोजक गुल्मी चेम्बर अफ कमर्समाथि दर्शकहरूले गम्भीर प्रश्न उठाएका छन्।

महोत्सव सुरु हुनु ४–५ दिन अघिदेखि चेम्बर अफ कमर्सले प्रकाश सपूत आउने दाबी गर्दै सामाजिक सञ्जालदेखि पोस्टरसम्म प्रचारप्रसार गर्‍यो। यही प्रचारका भरमा ठूलो संख्यामा दर्शकहरू महोत्सव स्थल पुगे। तर, अन्तिम समयमा कलाकार नआउँदा धेरैलाई धोका महशुस भएको छ।

 ‘आफ्नो मेहनत, समय र पैसा लगानी गरेर महोत्सवमा आएका थियौं। तर आशा र भरोसामा बज्रपात भयो,एक दर्शकले भने।

यस घटनाले कार्यक्रमको व्यवस्थापन र सूचना प्रवाहप्रति गम्भीर प्रश्न खडा गरेको छ। समाजका विभिन्न तहका व्यक्तिहरूले चेम्बर अफ कमर्सलाई यस्ता झूठा प्रचार दोहोरिन नदिन सचेत गराएका छन्।

 ‘दर्शकको विश्वास नै कार्यक्रमको मेरुदण्ड हो। एकचोटि चोइटिएको भरोसा पुनः बनाउन गाह्रो हुन्छ, उनीहरूको भनाइ छ।

सार्वजनिक मञ्चमा आउने सूचना स्पष्ट, यथार्थपरक र सत्यतामा आधारित हुनुपर्ने माग राख्दै दर्शक र स्थानीय समुदायले आयोजकमाथि उत्तरदायित्व वहन गर्न आग्रह गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।