ताजा अपडेट »

मनमोहन स्मृति नकआउट फुटबल : वडा नं १० र १७ विजयी

शुक्रबार, १९ बैशाख २०८२, २० : ४२
14 Shares
शुक्रबार, १९ बैशाख २०८२
14 Shares

बुटवल । बुटवलमा जारी १८ औँ मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं १० र १७ विजयी भएका छन । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा शुक्रबार बिहान भएको खेलमा वडा नं. १० ले वडा नं. १९ लाई ३-१ तथा वडा नं. १७ ले वडा नं. ५ लाई २-० गोल अन्तरले पराजित गरेको हो ।


सिद्घेश्वर खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. १० जितमा सुरज गुरुङ नायक रहे । उनले खेलको १३ औ र पहिलो हाफको ईन्जुरी समयमा गोल गरे । यसैगरि वडा नं. १० का आसमान थापा क्षेत्रीले खेलको २७ औ मिनेटमा गोल गरे । वडा नं. १९ का सोभित गौतमले पहिलो हाफको इन्जरी समया सान्त्वना गोल गरे । प्रतियोगिताको वडा नं. १० का सुरज गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दिउँसो भएको खेलमा वडा नं. १७ को जितमा खेलको १५ औ मिनेटमा सिजन परियार र ३५ औ मिनेटमा बिर बहादुर थारुले गोल गरे । खेलमा वडा नं. १७ का विजेन सुर्यबंशी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए । यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए ।

शनिबार बिहान ८ बजे वडा नं १५ र १४ तथा दिउसो वडा नं ८ र २ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।