ताजा अपडेट »

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीको भाउ कति ?

शुक्रबार, १९ बैशाख २०८२, ११ : ३२
60 Shares
शुक्रबार, १९ बैशाख २०८२
60 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको छापावाल सुन शुक्रबार स्थिर रहेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। 

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।