बुटवल । उद्यमशीलतामार्फत् आर्थिक उत्थान, भूपू परिवार एकीकृत अभियान नाराका साथ बुटवलमा खुलेको वीरगाथा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको क्षमता अभिवृद्धि एवम् व्यक्तित्व विकासका लागि ६ दिने उद्घोषण तालिम शुक्रवार बुटवलमा सम्पन्न गरेको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सामाजिक अभियन्ता दलबहादुर गुरुङले वीरगाथा सहकारीले बचत तथा ऋणको कारोवारमात्र होईन सदस्यहरुको आर्थिक,सामाजिक,सांस्कृतिक एवम् व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सञ्चालन गरेको उद्घोषण तालिम प्रभावकारी रहेको बताए ।
प्रमुख अतिथि गुरुङले आफ्नो र सामाजिक जीवनमा वीरगाथाले दिएको उद्घोषण तालिम सक्दो धेरै प्रयोग गर्न समेत अनुरोध गरे । तालिमका लागि तालिम नभई ब्यक्तित्व एवम् संस्थागत विकासका लागि नै तालिम हुनुपर्नेमा उनले जोड दिए।
संस्थाकै उपाध्यक्ष गीतारानी बलाल थापाले तालिम दिएकी थिईन् । उद्घोषणको अर्थ, परिभाषा, किसिम,सफल उद्घोषकमा हुनुपर्ने गुण र उद्घोषण कला एवम् प्राविधिक ज्ञानका विषयमा उनले सहजीकरण गरेकी थिईन् ।
कार्यक्रममा सहभागीहरुका तर्फबाट देवेन्द्र गुरुङ, शोभा थापा, अञ्जु पहाडी, आशा थापा, यमबहादुर राना र सीता कुमारी रखालले तालिम अवधिभरका सिकाइ अनुभव सुनाए । तालिममा आफूहरुले धैर्यतापूर्वक सिकेको र त्यसलाई आफ्नो क्षेत्रमा कार्यान्वयन गर्न प्रतिवद्व हुने बताए ।
संस्थाका सल्लाहकारहरु मोहनसिंह बस्नेत,आशा बस्नेत, कोषाध्यक्ष शंकर भण्डारी र व्यवस्थापक प्रमुख चन्द्रबहादुर रानालगायतले तालिम प्रभावकारी भएको उल्लेख गरे । एक दर्जन सहभागीहरुलाई समापन कार्यक्रममा प्रमाणपत्र वितरण समेत गरिएको थियो । मनमाया थापाको सञ्चालन र संस्थाका अध्यक्ष राजबहादुर थापाको अध्यक्षतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको थियो
प्रतिक्रिया