ताजा अपडेट »

गुल्मीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

शनिबार, २२ बैशाख २०८१, २० : ५४
36 Shares

गुल्मी । घर लिप्ने माटो खन्ने क्रममा गुल्मीमा एक महिलाको ज्यान गएको छ । माटाको  ढिस्कोले पुरेर रेसुङ्गा नगरपालिका-१४  पराल्मी चौराहा स्थिति घर लिप्ने माटो खन्ने क्रममा स्थानीय ५५ वर्ढीया बिष्णु कुमारी  रानाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोख्रेलका अनुसार  रानाको गुल्मी अस्पतालमा उपचारका  क्रममा मृत्यु भएको हो । एकाघरकी अर्की महिला गम्भीर घाइते भएकी छ्न् । मृतककी  जेठानी ५४ वर्षीया हुमकला राना घाइते भएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको गुल्मी अस्पतालमा उपचार भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।