ताजा अपडेट »

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

शनिबार, २२ बैशाख २०८१, २१ : ०५
44 Shares

दाङ । देउखुरीको राप्ती नदीमा नुहाउन गएकी युवतीको डुबेर मृत्यु भएको छ । लमही नगरपालिका वडा-७ बनघुस्री स्थित राप्ती नदिमा डुबेर शनिबार राजपुर गाउँपालिका २ मटेरीया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइती आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् ।

त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् । शनिबार दिउसो उक्त घटना भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।