ताजा अपडेट »

आम्दा अस्पतालका कर्मचारीद्धारा गौशालालाई सहयोग रकम हस्तान्तरण

शनिबार, २२ बैशाख २०८१, १९ : २५
176 Shares

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा कार्यरत कर्मचारीद्धारा गौशालालाई सहयोग रकम हस्तान्तरण गरेका छन्  ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले गौशाला संरक्षक एवं बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई पचास हजार चार सय सतसठ्ठी रुपियाँ सहयोग रकम हस्तान्तरण गरेका हुने  । 

वडा नम्बर ७ शिवनगर स्थित नन्दिनी गौ संरक्षण केन्द्रको व्यवस्थापनका लागि उक्त सहयोग रकम  आम्दा अस्पतालमा कार्यरत कर्मचारीबाट संकलन गरि हस्तान्तरण गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले जानकारी दिए। उनले बुटवल उपमहानगरपालिकाले सुरुवात गरेको यस पुनित कार्यमा अस्पतालका कर्मचारीले गरेको सहयोगले गौशाला व्यवस्थापनमा थप टेवा पुग्ने  बताउदै सहयोग रकम प्रदान गरेकोमा आम्दा अस्पतालका सबै कर्मचारीलाई धन्यवाद सहित आभार व्यक्त गरे ।

डाक्टर पराजुलीले धार्मीक ग्रन्थअनुसार  जहाँ गौमाताले सहजतापूर्वक स्वाँस फेर्छन, त्यहाँ नकारात्मक दृष्टिको अन्त्य भई सकारात्मक उर्जा मिल्छ भनि  महाभारतमा उल्लेख गरिएको बताउदै अस्पताल परिवारले गरेको  यो सानो सहयोगले यस क्षेत्रका व्यक्ति,सामाजिक तथा व्यवसायिक संस्थाहरुलाई यस पुण्यकार्यमा सहयोग गर्न अभिप्रेरित समेत गर्नेमा जोड दिए । उनले हरेक सामाजिक कार्यमा एकल प्रयासले भन्दा सामुयिक प्रयास र सहकार्यकाले सफलता प्राप्त हुने  भएकाले  गौशाला संरक्षणमा सबैको एक्यवद्धता हुन आवश्यक रहेको उल्लेख गरे ।

यस्तै नन्दिनी गौ संरक्षण केन्द्रका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खे्लराज पाण्डेले स्वयं स्थानीय पालिकाले गौशाला संचालन गर्नेमा बुटवल उपमहानगरपालिका सम्भवतः देशकै पहिलो पालिका भएको बताउदै यस सामाजिक कार्यमा आम्दा अस्पतालका कर्मचारीले व्यक्तिगतरुपमा सहयोग रकम संकलन गरि सहयोग गरेकोमा कर्मचारी समुहलाई आभार व्यक्त गरे । 

विगतका दिनहरुमा धेरै संस्थाहरुले यस नन्दिनी गौ संरक्षण केन्द्र संचालन गर्ने ईच्छा देखाएपनि  गौशालालाई आवश्यक पर्ने आधारभुत संरचना तयार गरि संरक्षककोरुपमा स्थानीय पालिका रहँदा प्रभाकारी र व्यवस्थापनमा सहज हुने भएकाले  बुटवल उपमहानगरपालिकाले यसको जिम्मेवारी लिएको नगर प्रमुख पाण्डेले बताए । 
उनले यस गौशाला व्यवस्थापनमा बुटवल नगरवासीको् उत्साहाजनक एक्यवद्धता रहेको बताउदै सबै सहयोगी  दाताहरुको सहयोगमा आगामी १५ दिनको लागि गौशालामा आवश्यक दाना भण्डारन गरिएको जानकारी दिए । उनले आफू स्वयं प्रत्येक दिन विहान गौशालामा आएर त्यहाँ रहेका गाई सँग समय विताउने गरेको र यसले ‘कारात्मक उर्जा प्रदान गरेको बताउदै सहयोग भन्दा पहिले गौशालामा रहेका गाईसँग केहि समय विताई उनिहरुको भावनासँग नजिक हुन सबै नगरवासीलाई आग्रह समेत गरे।

सडकमा भएका  गाईलाई गौशालामा ल्याएर राख्ने कार्य मात्र नभई धार्मीक र पर्यटकिय स्थलकोरुपमा विकास गर्ने उपमहानगरपालिको उद्धेश्य रहेको बताउदै गौशालामा गहुत प्रशोधन केन्द्र , आयुर्वेदिक केन्द्र,योग केन्द्र ,  आध्यात्मिक केन्द्रकोरुपमा विकास गर्दै फायरलेन र शालिग्रामको स्थापना समेत गर्ने जस्ता दिर्घकालिन योजनामा  सम्पूर्ण नगरबासी र स्थानीय संघसंस्थालाई नगरप्रमुख पाण्डेले सहयोगको अपिल गरे । हाल नन्दिनी गौ संरक्षण केन्द्र बुटवलमा करीव आठ सय गाई रहेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।