ताजा अपडेट »

तिलोत्तमामा एकाविहानै भयानक दुर्घटना

आइतबार, ०२ बैशाख २०८१, ०७ : ४३
5.59K Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा आज विहान भयानक दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति हुनबाट भने बचेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालका अनुसार बा ४ ख ४८६ नम्बरको बस विहान करिब ५ बजे दुर्घटनामा परेको हो । विरगञ्जदेखि भैरहवाका लागि आएको उक्त बस आफै अनियन्त्रीत भई तिलोत्तमा १५ कोटिहवामा सडक छेउको रेलिङमा ठोक्किएको थियो ।

बसमा सवार १९ जना यात्रु सकुशल रहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको डिएसपी खनालले बताइन ।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।