ताजा अपडेट »

बुटवलका लागि अर्घाखाँचीदेखि छुटेको जिप दुर्घटना, ७ जना घाइते

बुधबार, १२ बैशाख २०८१, १५ : ४९
10.60K Shares

बुटवल । अर्घाखाँचीदेखि बुटवलका लागि छुटेको जिप बुधबार दिउँसो दुर्घटना भएको छ । अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवल हिँडेको लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये कपिलवस्तु शिवराज नगरपालिका-५ निवासी ७० वर्षीया रमा अधिकारीको अवस्था गम्भिएर भएकाले थप उपचारका लागि बुटवल ल्याएको छ । यसैगरै ६ जना अन्य घाइतेहरुलाई स्थानीय थाडा स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।

बुधबार दिउँसो साढे २ बजेको समयमा जिप आफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो । जिपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।