ताजा अपडेट »

छाडा चौपाया व्यवस्थापनमा बुटवलको पहल

एक प्रदेश एक गौशाला बनाउनु पर्छ : मेयर पाण्डेय

बुधबार, १२ बैशाख २०८१, १५ : ५१
650 Shares

बुटवल । लुम्बिनी प्रदेशका ठुला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाको बिगबिगी छ । प्रदेशका मुख्य सहरहरू छाडा चौपाया नियन्त्रणमा सकस परिरहेका बेला बुटवलमा भने सडकमा छोडिएका गाई गोरुको व्यस्थापनको लागि सुरु गरेको अभियान केही प्रभावकारी  देखिएको छ ।

बुटवलमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएको भन्दै मुख्य सडकमा छोडिएका गाई गोरुको व्यस्थापनका लागि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले व्यवस्थापनका लागि अभियान नै सुरु गरे । छाडा चौपायाको व्यवस्थापनका बुटवल उपमहानगरपालिकाले तालिका नै बनाएर  चैत महिना भर यहाँका मुख्य सडक र चोकमा रहेका गाई गोरुलाई ‘खेदेरै’ बुटवल ७ स्थित शिवनगर सामुदायिक वनमा रहेको गौशालामा गौशालामा पु¥याइएको थियो ।   

अभियान अन्तर्गत शनिबार बिहान ५ बजेदेखि चौराहा, मिलनचोक, योगिकुटी, कालिकानगर, देवीनगरका सडकमा रहेका छाडा चौपायालाई गौशालामा लगिएको थियो । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि, कर्मचारीको सहयोगमा सडकमा रहेका गाईगोरुलाई गौशालामा लगिएको हो । छाडा चौपाया व्यवस्थापन अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र सर्वसाधरण नागरिकलाई पनि सँगै लिएर उपमहानगरपालिका अघि बढेको नगरप्रमुख पाण्डेयले बताए ।   

438942814_3413678895590843_8288481526050450835_n

पूर्वपश्चिम राजमार्ग र अन्य सडकहरुको केन्द्र बुटवल भएकाले चारै तर्फबाट आएका चौपाया बुटवल र राजमार्ग केन्द्रीत हुँदा सडक दुर्घटना समेत बढेकाले छाडा चौपायाको व्यवस्थापनमा उपमहानगरपालिका जुटेको प्रमुख पाण्डेयले बताए । ‘छाडा चौपायाका कारण मुख्य सडकहरुमा दुर्घटना हुने गरेकाले हामीले अहिले मुख्य सडकमा मात्रै अभियान संचालन गरेका हौँ । मोतिपुर, सेमलार, बेलबास, तामनगर हेरिएको छैन् ।’–उनले भने ।    

साथै शुभकार्य वा कुनै विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल , दाना उपलब्ध गराए मनाउनको लागि पाण्डेयले आग्रह गरेका छन् । साथै उनले गाईगोरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै गाईगोरुको आहारको ब्यवस्थापन गर्नको लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए। ‘शुभकार्य वा कुनै अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, परालछ, दाना उपलब्ध गराए मनाउनको लागि म सबै बुटवलवासीहरुलाई विशेष अनुरोध गर्छु ।’–उनले भने ‘गाईगोरुको संरक्षण गर्नु सबैको दायित्व पनि हो।’

गौशालामा पु¥याईएका गाई गोरुको नियमित संरक्षणका लागि उपमहानगरपालिकाले दाना र पराल एवं हेरालुको पनि व्यवस्थापन गरेको प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले बताए । ‘गाई गोरुको नियमित संरक्षणका लागि उपमहानगरपालिकाले दाना र पराल एवं हेरालुको पनि व्यवस्थापन पनि गरेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत खनालले भने ।

‘दिर्घकालिन व्यवस्थापनका लागि एक प्रदेश एक गौशाला बनाउनु पर्छ’
स्थानीय तहले गरेर मात्रै छाडा चौपायाको सबै समस्याको समाधान हुन नसक्ने भएकाले यसको लागि प्रदेश र संघ सरकारको पनि सहयोग चाहिने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय बताउँछन् । ‘बुटवल उपमहानगरपालिकाको सामाथ्र्यले मात्रै सबै गर्न सक्ने अवस्था हुँदैन् । प्रदेश र संघ सरकारको धारण पनि के हो? यसमा उहाँहरुको पनि सहयोग चाहिन्छ । हाइवे संघ सरकारको हो, त्यसको व्यवस्थापन त संघकै हो ।’–उनले भने ।

4  

साथै उनले यसलाई राष्ट्रिय रुपमा मुद्धा बनाएर नै ४/५ हजार विघा क्षेत्रफलको जग्गामा १ प्रदेश १ गौशाला बनाएर संघ सरकारले व्यवस्थापन गर्नु पर्ने बताए । ‘यसलाई राष्ट्रिय रुपमा मुद्धा बनाएर नै १ प्रदेश १ गौशाला व्यवस्थापन गरेर ४÷५ हजार विघा जग्गा गौशाला बनाएर सबै गाउँपालिका नगरपालिकाको सहभागितामा संचालन गरी बहुउद्धेश्य गौशाला गराई योगा केन्द्र, आयुवेन्द्र केन्द्र गर्यो भने खर्च पनि धान्छ । चरन क्षेत्र नभईकन दाना मात्रै खुवाएर पालन सक्ने अवस्था हुँदैन् ।’–उनले भने । 

शिवनगर गौशालाको क्षमता ५०० सयको रहेको भएता पनि अहिले त्यहाँ ७०० भन्दा बढी गाईगोरु लगेर राखिएको र अझै यो भन्दा बढी चौपाया बाहिर नै रहेको प्रमुख पाण्डेयले बताए । साथै उनले । बुटवल उपमहानगरपालिकाको क्षमताले सक्ने जति काम निरन्तर रुपमा गरिरहने बताए ।  ‘हाम्रो क्षमता भित्रको त गरौँला । हामीले राख्ने,  बाहिरबाट छाडा चौपाया आउने क्रम नरोकिने हो भने त बाटो भरि हुन्छन् । यसकारणले प्रदेश र संघ सरकारले तत्काल पहल गर्नु पर्छ ।’–प्रमुख पाण्डेयले भने । 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।