ताजा अपडेट »

बुटवल उपमहानगरले गर्‍यो १ वर्षमा ४० किलोमीटर सडक कालोपत्रे

विहीबार, १३ बैशाख २०८१, १८ : २२
616 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले १ वर्षमा करिब ४० किलोमिटर (२० फुटे) भित्रि सडक कालोपत्रे गरेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४० किलोमिटर भित्रि सडक कालोपत्रे गरेको हो ।  

पूर्वाधार विकास शाखाका अधिकृत रुक्मागत बस्यालका अनुसार आर्थिक वर्ष २०७९/८० मा उपमहानगरपालिकाले २९.९ किलोमिटर भित्रि नयाँ सडक कालोपत्रे, ९.४४ किलोमिटर सडक मर्मत र १.५४ किलोमिटर सडकमा टयल लगाएको बताए । 

‘बुटवल उपमहानगरले गत आर्थिक वर्षमा २९.९ किलोमिटर भित्रि सडक कालोपत्रे भएको थियो । साथै ९.५५ किलोमिटर पहिला कालोपत्रे गरेर विग्रिएको सडकलाई मर्मत भएको थियो ।’– ।  पूर्वाधार विकास शाखाका अधिकृत बस्यालले भने ‘ गत आर्थिक वर्षमा उपमहानगरपालिकाले १.५४ किलोमिटर सडकमा ट्याल लगाएको थियो ।’ यस्तै उपमहानगरपालिकाले ९.४४ किलोमिटर भित्रि सडक ग्रावेल गरेको पूर्वाधार विकास शाखाका अधिकृत बस्यालले बताए । 

यस आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भन्दा धेरै सडक कालोपत्रे गर्ने गरि काम गरिरहेको बताए । साथै गत आर्थिक वर्षमा ग्राबेल गरिएको केही सडकको कालोपत्रे सकिसकिएको र बाँकी रहेको ग्राबेल सडकको कालोपत्रेको काम पनि यहि आर्थिक वर्ष भित्रै सक्ने गरि काम भइरहेको बताए ।  भित्रि सडकको निर्माणका लागि उपभोक्ता समितिसँग उपमहानगरपालिकाले सम्झौता गरिसकेको उनले बताए । 

‘यस आर्थिक वर्षका लागि पनि ४० किलोमिटर भन्दा धेरै भित्रि सडक निर्माणका लागि उपभोक्ता समितिसँग उपमहानगरले सम्झौता पनि गरिसकेको छ । सम्झौता भएका मध्य केही उपभोक्ता समितिहरुले काम सम्पन्न गरिसकेका पनि छन् ।’–उनले भने ।

साथै यस आर्थिक वर्षमा अहिलेसम्म सम्पन्न भएका कामको विवरण र उपभोक्ता समितिसँग सम्झौता भएको विवरण वडाले नपठाएकाले यकिन तथ्याङ्क नरहेको बताए । ‘कुन वडामा कति सम्झौता भयो र कति काम सम्पन्न भयो भनेर सम्बन्धीत वडा विवरण पठाएका छैन् । यो आर्थिक वर्ष सकिए पछि मात्रै वडाले विवरण पठाउँछन् । अनि मात्रै यो आर्थिक वर्षको यकिन तथ्याङ्क आउँछ ।’–उनले भने । 

बुटवल उपमहानगरपालिका भित्रि २० फुटे सडकसँगै यहाँका वाइपास सडकहरु निर्माण भएका छन् । जसका कारणले बुटवललाई केही मात्रामा भए पनि आकर्षक बनाएको छ ।  कालिकापथ सडक निर्माण सम्पन्न भएपछि यसले बुटवल सहरको स्वरुप नै परिर्वतन गरेको छ । साथै यो सडक सम्पन्न भएपछि मुख्य राजमार्गमा सवारीको चाप समेत केही कम भएको छ । यस्तै बुटवलको देविनगर–देवसिद्धीचोक, सुख्खानगर, जेसिजचोक, अमर पथ लगायतका वाइपास सडकको निर्माण सम्पन्न भइसकेका छन् । 

यस्तै मिलनचोक, देविनगर, बुद्धनगर हुँदै झोलुङ्गे पुलसम्म जाने वाइपास सडक निर्माण भएपछि तिनाउ पुलको सवारी चाप कम भएको छ । यद्यपी बुद्धनगरमा स्थानीयहरुको विवादका कारण केही ठाउँमा सडक निर्माण रोकिएको छ । विवादका कारण रोकिएको सडकको निर्माण स्थानीयहरुलाई मिलाएर सम्पन्न गर्ने तयारी भइरहेको छ । 

साथै देविनगर हुँदै रङगशाला जाने सडक पनि निर्माणधिन अवस्थामा रहेको छ । यो सडक पनि लामो सयमसम्म स्थानीयहरुको विवादका कारण , सडक डिभिजन कार्यालय, प्रदेश सरकारविच आवश्यक समन्वयमा समस्या हुँदा लामो समयसम्म अलपत्र परेको थियो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डयले स्थानीयहरु र सम्बन्धीत निकायसँग आवश्यक समन्वय र छलफल गरी विवाद मिलाए पछि अहिले यो सडक निर्माणको कामले गति लिएको छ । यो सडकको निर्माण सम्पन्न भए पश्चात बुटवललाई यसले थप आकर्षक बनाउने छ । बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले उपमहानगरपालिका आफैले आफ्नै स्रोतबाट गर्ने विकास निर्माणका कामहरुलाई तीव्रता दिएको बताउँछन् ।

‘बुटवल उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट गर्ने सडक निर्माणदेखि सबै प्रकारका विकास निर्माणका काममा हामीले तीव्रता दिएका छौँ ।’–प्रमुख पाण्डेयले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।