ताजा अपडेट »

इलामको सूर्योदय नगरपालिका चिया किसानहरु आन्दोलित

शनिबार, २२ बैशाख २०८१, २२ : २४
128 Shares

इलाम । हरियो चियापत्तीको मुना टिपाइको सिजन सुरुभएसँगै किसान ठगीने गरेको गुनासो आउन थालेका छन् । सिजन सुरु भएपछि विभिन्न वहानामा ठगिनुपरेको किसानहरुको गुनासो छ । इलामको सूर्योदय नगरपालिकामा रहेका किसानहरुले ठगीका विरुद्ध संघर्ष गर्ने घोषणा नै गरिरहेका छन् । सक्रिय किसान तारा नेपालको अगुवाइमा सबै तहका सरकारलाई ज्ञापन पत्र बुझाइसकिएको छ ।

किसानहरुले एक सघर्ष समिति बनाइ स्थानीय देखि केन्द्र सरकार सम्मको ध्यानाकर्षण गराउन सात बुँदे ज्ञापन पत्र बुझाइएको चिया अगुवा किसान नेपालले बताए । कहिले गुणस्तरको नाममा, कहिले अर्गानिकको नाममा, कहिले मूल्य निर्धारणको नाममा किसानलाई मारपर्ने काम भइरहेको उनले बताए ।

८० प्रतिशत चिया किसान रहेको सुर्योदय नगरपलिकामा किसानको रोजीरोटीमै समस्या आउने परिस्थिति बनेको उनीहरुको भनाइ छ । चिया समस्याबारे दिगो सामाधान गर्न राखिएका मागहरु बेवस्ता गरे आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन ।

किसान संघर्ष समितिले हरियो चियाको कार्यविधि सच्याइ अन्तरजिल्ला र भारतमा खुल्ला रुपमा बेच्न पाउनुपर्ने, विषाधीरहित बालिनाली र विषादीरहित चियाको विकल्प दिन, अर्गानिक परीक्षणको लागि ल्याबको व्यस्था गर्न, व्यवसायी, उद्योगीले पनि अर्गानिकिकरण गरी गुणस्तरीय बनाउनु पर्ने, टी एसोसिएसनले अनावश्यक झमेला लगाउने गरेकाले त्यसलाइ रोक्न समेत माग गरेका छन् । किसानहरुले तीन दिनको अल्टिमेटम सहितको ध्यानाकर्षण गराएका हुन।

सूर्योदय नगरप्रमुखसँग सम्बन्धित विषयमाथि छलफल गर्ने तयारी गरिरहेको अगुवा किसान नेपालले जानकारी दिए ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।