ताजा अपडेट »

मिर्गौला रोगी पत्रकार पिबी दियालीलाई उपचारमा आर्थिक अभाव, सहयोगको लागि अपिल

आइतबार, २३ बैशाख २०८१, ०७ : ००
38 Shares

काठमाडौं । दुवै मिर्गाैला फेल भएर काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका इटहरीका पत्रकार पिबी दियाली उपचारका लागि खर्च अभाव भएसगैं सहयोगका लागि याचना गरेकका छन । काठमाण्डौमै रहेर नियमित डायलसिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले सताएको छ । आफ्नो घरखेत बेचेर उपचार गराइरहेका दियालीले उपचारमा थप आर्थिक समस्या परेछि सहयोगको याचना गरेका हुन ।

इटहरीमा रहेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफनो दुवै मिर्गौला खराब भएको र उपचारका लागि आपप्नो आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताए । दियालीका अनुसार मिर्गौला फेर्नका लागि मृगौलादाता जुटेपनि दाता र विरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको बताए । मिर्गौला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखमाथि खर्च हुने अनुमान छ ।

शनिबार इटहरीका सक्रिय पत्रकार एवम प्रदेशखबर डटकमका सम्पादक पवन अधिकारी संगको भेटमा उनले यस्तो याचना गरेका हुन । पत्रकार दियालीलाई भेट गर्न पुगेका अधिकारीले दियालीलाई भेटेर नगद १५ हजार सहयोग समेत हस्तान्तरण गरेका छन । त्यस्तै हेटौंडाका व्यवसायी गोपाल थापाले दियालीको आर्थिक सहयोग संकलनका लागि अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन ।

उपचारका लागि सरकार, सामाजिक सङ्घ–संस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेपनि त्यो प्रभावकारी नभएको दियालीले बताए । पत्रकार दियालीले पत्रकार महासंघले सहयोग संकलनका लागि अभियान संचालन गरिदिन माग समेत गरेका छन । उनले अन्य संघसंस्थालाई पनि सहयोग सहयोग अभियान संचालन गरि उपचारमा सहयोग गरिदिनुहुन अनुरोध समेत गरेका छन ।

४६ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन । उनले लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए । पत्रकार दियालीकाअनुसार उनी सङ्कटकालको समयमा तीन महिना हिरासतमा समेत परेका थिए भने उनलाई ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।

पत्रकार दियाली हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन । उनी नेपाल दलित पत्रकार सघ. तथा समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सदस्य समेत हुन । उनले सम्पत्तिका नाममा आफूसँग इटहरीमा सानो घर पनि बेचेर उपचारमै खर्च गरिरहेको सुनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।