बुटवल । रुपन्देहीको देवदहमा थ्रेसर मेसिनमा परेर एक महिलाले ज्यान गुमाएकी छन् । देवदह–५ विजयपुरमा रहेको इन्द्रेणी प्लाष्टिक उद्योगमा काम गर्ने महिलाको दुर्घटनामा मृत्यु भएको देवदह प्रहरी चौकीले जनाएको छ ।
पाल्पा जिल्ला तिनाउ गाउपालिका–३, कोलडाडा तथा हाल देवदह–३, टटेरा निवासी ५१ वर्षीया लिलासरा दर्लामीको मत्यृ भएको देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । घटना लगत्तै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको भएपनि अस्पतालले उनलाई मृत घोषणा गरेका थियो ।
कम्पनी संचालक धकेश्वर भट्टराईका अनुसार शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमै राखिएको छ । मृतक दर्लामीका श्रीमान भारतमा रहेको र उनी आएपछि पोष्टर्माटम गरिनेछ ।
प्रतिक्रिया