ताजा अपडेट »

बुटवलका आकर्षक भित्रि सडक (फोटोफिचर)

मंगलबार, २७ चैत्र २०८०, १३ : २८
1.80K Shares

बुटवल । बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर लामो समयदेखि अलपत्र अवस्था छ । यही सडकको कारणले बुटवललाई कुरुप बनाएको भन्दै जनस्तरबाट चर्को आलोचना हुने गरेको छ । 

तर, बुटवलका भित्रि सडक निर्माण सम्पन्न भएपछि यसले बुटवललाई केही मात्रामा भए पनि आकर्षक बनाएको छ । कालिकापथ सडक निर्माण सम्पन्न भएपछि यसले बुटवल सहरको स्वरुप नै परिर्वतन गरेको छ । साथै यो सडक सम्पन्न भएपछि मुख्य राजमार्गमा सवारीको चाप समेत केही कम भएको छ । यस्तै बुटवलको देविनगर–देवसिद्धीचोक, सुख्खानगर, जेसिजचोक, अमर पथ लगायतका सडकको निर्माण सम्पन्न भइसकेका छन् । 

यस्तै मिलनचोक, देविनगर, बुद्धनगर हुँदै झोलुङ्गे पुलसम्म जाने वाइपास सडक निर्माण भएपछि तिनाउ पुलको सवारी चाप कम भएको छ । यद्यपी बुद्धनगरमा स्थानीयहरुको विवादका कारण केही ठाउँमा सडक निर्माण रोकिएको छ । विवादका कारण रोकिएको सडकको निर्माण स्थानीयहरुलाई मिलाएर सम्पन्न गर्ने तयारी भइरहेको छ । 

साथै देविनगर हुँदै रङगशाला जाने सडक पनि निर्माणधिन अवस्थामा रहेको छ । यो सडक पनि लामो सयमसम्म स्थानीयहरुको विवादका कारण , सडक डिभिजन कार्यालय, प्रदेश सरकारविच आवश्यक समन्वयमा समस्या हुँदा लामो समयसम्म अलपत्र परेको थियो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डयले स्थानीयहरु र सम्बन्धीत निकायसँग आवश्यक समन्वय र छलफल गरी विवाद मिलाए पछि अहिले यो सडक निर्माणको कामले गति लिएको छ । यो सडकको निर्माण सम्पन्न भए पश्चात बुटवललाई यसले थप आकर्षक बनाउने छ । 

12456791011121314
  
 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।