ताजा अपडेट »

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

शुक्रबार, १४ बैशाख २०८१, ०६ : ५६
226 Shares
शुक्रबार, १४ बैशाख २०८१
226 Shares

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षामा शुरु हुँदै छ । कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी यस परीक्षामा सहभागी हुदै छन् । अन्य  बाँकी एक लाख ६५० भने ग्रेडवृद्धितर्फका विद्यार्थी सहभागी हुँदै छन् ।  

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ ।  यस परीक्षामा सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एक-एक परीक्षा केन्द्र तोकिएको छ ।

काठमाडौंमा यस पटक स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो ।  हरेक विद्यालयका परीक्षार्थी संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरका आधारमा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको र एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र तोकिएको बोर्डले जनाएको छ ।  परीक्षा केन्द्र तोक्दा सेटिङ हुने गरेको गुनासो रहेकाले यस पटक काठमाडौँमा स्वलाचित रुपमा केन्द्र तोकिएको बताइएको छ ।

परीक्षाको प्रश्नपत्र भने गतवर्ष जस्तै अनलाइनबाट पठाइने बोर्डले जनाएको छ । २०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ । यस परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।