ताजा अपडेट »

बुटवल हस्पिटल प्रा.लि.ले थप सेवा विस्तार गर्दै, १५ जना भन्दा वढि नर्सिङ स्टाफको माग

शनिबार, २० बैशाख २०८२, २० : ०५
262 Shares
शनिबार, २० बैशाख २०८२
262 Shares

बुटवल । बुटवल हस्पिटल प्रा लिमा एकै पटकमा १५ जना नर्सहरुका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्स सहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । 

उहाले डाईलाईसिस, सिटी लगायतका सेवा अस्पताल परिसरमै सचालनको तयारी भएकोे वताए ।  त्यसैगरि जनरल, एचडियु लगायतका विभागहरुको क्षमता थप गर्नु परेकोले कर्मचारी माग गरिएको हो । अस्पतालले जारी गरेको सुचना अनुसार  एक हप्ता भन्दा वढि समय अवधी राखेर नर्सिङ स्टाफको माग भएको छ । उनिहरुलाई अन्तरवार्ताको विधिवाट छनोट गरिने मेडिकल सुपेरिटेण्डेन डा ककृष्ण खनालले बताए ।  

आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा लि अहिले १ सय शैया संचालनमा छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने  एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ । 

बुटवल हस्पिटल प्रा लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।