ताजा अपडेट »

बुटवलको कालिका पथको हाईटेन्सनमा मोटरसाइकल ठोक्किदाँ तिलोत्तमाका टण्डनको मृत्यु

सोमबार, २२ बैशाख २०८२, १० : ४१
1.61K Shares
सोमबार, २२ बैशाख २०८२
1.61K Shares

बुटवल । बुटवलको कालिका पथमा स्थित सडकको विचमा रहेको विद्युतको हाइटेन्स पोलमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले ग्लोबल आवाजलाई जानकारी दिए ।

शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको पोलमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए । पोलमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिटिएर गएका टण्डनको शव सोमबार विहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

‘घटना शनिबार रातिको हो, विद्युतको हाइटेन्सको पोलमा ठोक्किएर झाँडीमा गएकाले आज विहान मात्रै हामीले थाहा पाएको थियौँ,’ उनले भने।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।