ताजा अपडेट »

लेखा समितिले पोखरा विमानस्थलपछि भैरहवाको पनि अध्ययन गर्ने

आइतबार, २१ बैशाख २०८२, १६ : १२
42 Shares
आइतबार, २१ बैशाख २०८२
42 Shares

काठमाडौं । संसद्को लेखा समितिमा पोखरा विमानस्थलको उपसमितिले बनाएको प्रतिवेदनको विषयमा छलफल भएको छ । भने, समितिले अब अर्को बैठकबाट भैरहवा विमानस्थलको पनि अध्ययनको लागि उपसमिति बनाउने भएको हो ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अब अर्को बैठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने बनाउने बताए ।

सभापति पोखरेलले भने, ‘पोखरा विमानस्थलको विषयमा हामी न्यायिक निकाय हो ? हामीले गर्ने निर्णय नै अन्तिम निर्णय हो । हामीले सरकारलाई झकझकाउने हो । हामीले आफुलाई गाली नगरौँ । हामी यसरी बोल्नु आवश्यक थिएन । पोखरा विमानस्थलको बारेमा अर्को बैठकमा छलफल गरौँ । २३औँ प्रतिवेदनको प्रगति के ? भैरहवा विमानस्थलको छलफलको लागि उपसमिति बनाऊ । त्यो समितिले ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी काम गरौँ । पोखरा विमानस्थलको प्रतिवेदन उपसमितिले समितिलाई दियो । बाँकी अध्ययन गरौँ । भैरहवा विमानस्थलको विषयमा पनि छलफल गरौँ । समितिको बैठक बसेर भैरहवाको विषयमा समिति बसेर उपसमिति बनाऊ ।’

सांसद् मनिस झाले जुन पार्टी भैरहवा विमानस्थलको विषयमा जोडिएका छन् त्यही पार्टीको व्यक्तिलाई उपसमितिको सयोजक बनाउन नहुने बताए । उनले भने, ‘म आफैलाई उपसमितिको संयोजक बनाऊ भनेको होइन । म समितिमा बस्दिन । तर, जुन पार्टी जोडिएको छ, त्यही पार्टीको संसदलाई उपसमितिमा नराखौँ ।’

सांसद् योगेशकुमार भट्टराईले कुनै न कुनै बेला सबै पार्टी सरकारमा गएकोले अब पार्टीको सांसद् नबस्ने भन्यो भने अमरेशकुमार सिंह मात्रै योग्य हुने बताए । उनले भने, ‘यो समितिमा भएका धेरै सांसदहरु सरकारमा सहभागी भएका छन् । राप्रपा, माओवादी र रास्वपा पनि सरकारमा थियो । अब यो उपसमितिमा सरकारमा सहभागी नभएको अमरेशकुमार सिंह मात्रै योग्य हुने देखियो । त्यसरी सरकारमा भएको वा नभएको भन्ने विषय आफैले बुझ्नु आवश्यक रहेको छ ।’

समितिका सदस्य श्यमकुमार घिमिरेले पोखरा विमानस्थलको अध्ययनले कसैलाई भ्रष्ट्राचारी हो भनेर तोक्न नमिल्ने बताए । उनले भने, ‘पोखरा विमानस्थलको विषयमा उपसमितिले अध्ययन गरेर समितिलाई प्रतिवेदन दिएको छ । समितिले उपसमिति नै बनाएर पोखरा विमानस्थलको अध्ययन गरेको छ । अब त्यो प्रतिवेदन पनि समितिमा आएको छ । पोखरा विमानस्थलको विषयमा कुरा उठेको छ । त्यसको विषयमा अध्ययन गर्न सरकारलाई पत्र लेखौँ ।’

एमाले सांसद गोकुल बास्कोटाले लेखा समितिको बैठक बैठक जस्तो नभएको बताए । उनले भने, ‘पोखरा विमानस्थलको विषयमा उठका कुराहरु सबै ठिक वा बेठिक भन्ने छैन । विमानस्थलको विषयमा कुरा उठेको छ । अब त्यसको सोधपुछ सुरु गरौँ । कसैलाई जोगाउने भन्ने हुँदैन । कुनै समितिमा कुनै व्यक्ति हुने वा कुनै व्यक्ति नहुने भन्ने हुन्छ रु कसले छानविन गर्न हुँदैन भनेको छ । यो विषयमा जति छलफल गरे पनि निष्र्कसमा पुग्न सकिदैन । हामीसँग छानविन गर्न सक्ने क्षमता छैन । कानुनभन्दा माथि कोही पनि छैन । कानुनले ठीक छ भनेको मान्छेलाई समितिले ठीक छैन भन्न मिल्दैन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।