ताजा अपडेट »

बुटवल बहुमुखीमा परीक्षा फारम भरिदिने भन्दै अनेरास्ववियुका एक नेताले पैसा लिने गरेको खुलासा

प्रहरीमा उजुरी

आइतबार, २१ बैशाख २०८२, १६ : २३
634 Shares
आइतबार, २१ बैशाख २०८२
634 Shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेको हो । कुँवर बुटवल बहुमुखी क्याम्पसका निर्वतमान स्ववीयु सदस्य पनि हुन् । उनी नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववीयु सदस्यमा निर्वाचित भएका थिए ।

क्याम्पसले वैशाख १९ गते निकालेको एक सूचनामा विभिन्न विद्यार्थीहरूसँग कुँवरले कागजपत्र तथा रकम लिएका तर फारम नभरिएको उल्लेख छ । उनलाई क्याम्पसले निलम्बनसमेत गरी प्रवेशमा रोकसमेत लगाएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाका अनुसार कुँवरले  विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसा अन्य कागजपत्र लगेको र फिर्ता नगरेको पाइएको छ ।

बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीले भने, ‘बीए चौथो वर्षका ९–१० जना विद्यार्थीलाई उसले ९विवेक० यस्तो गरेको रहेछ, अन्य कतिलाई गर्‍यो होला ।’
उनका अनुसार चौथो वर्षमा अध्ययनरत ती ९–१० जना विद्यार्थी सम्पर्कमा आएपछि यसबारे थाहा भएको हो ।

Untitled

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।