ताजा अपडेट »

बुटवल बहुमुखीमा विद्यार्थीको पैसा खाएका अनेरास्ववियुका नेता कुबँरले गरे पैसा फिर्ता

बुधबार, २४ बैशाख २०८२, १४ : १८
1.21K Shares
बुधबार, २४ बैशाख २०८२
1.21K Shares

बुटवल । विद्यार्थीको परीक्षा फारम भरिदिने भन्दै रकम हिनामिना गर्ने अनेरास्वियुका नेता विवेक कुँबरले विद्यार्थीहरुको पैसा फिर्ता गरेका छन् ।

बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले पैसा लिएर पनि भर्ना नगरेको पाइए पछि ३ जना विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरेका थिए । 

इलाका प्रहरी कार्यालय बुटवलले दुबै पक्षलाई बेलाएर हिनामिना गरेको सबै पैसा फिर्ता गर्ने गरि मिलापत्र गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले दुबै पक्षको सहमतिमा मिलापत्र गराएको ग्लोबल आवाजलाई जानकारी दिए । इलाका प्रहरी कार्यालयमा ३ जना विद्यार्थीहरुले मात्रै उजुरी गरे पनि कुँबरले बीए चौथो वर्षका ९–१० जना विद्यार्थीको पैसा हिनामिना गरेका थिए ।

क्याम्पसले वैशाख १९ गते निकालेर कुँबरलाई निलम्बन गरि क्याम्पस प्रवेशमा समेत रोक लगाएको छ ।

कुँवर बुटवल बहुमुखी क्याम्पसका निर्वतमान स्ववीयु सदस्य पनि हुन् । उनी नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववीयु सदस्यमा निर्वाचित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।