ताजा अपडेट »

तिलोत्तमा १४ मा नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सुरु

बुधबार, २४ बैशाख २०८२, २० : ४९
66 Shares
बुधबार, २४ बैशाख २०८२
66 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालीका वडा न १४ मा नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सुरु भएको छ । महिला नेतृत्व मंचा तिलोत्तमाको आयोजना र सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा सुरु भएको तालिममा वडाभित्रका ६० महिला सहभागि भएका छन् । 

उक्त तालिमको बुधवार उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खांणले महिला सक्षम भए घर, परिवार र समाज नै सक्षम हुने भएकाले यस्त तालिमले महिलाको स्व.विकासमा टेवा पुर्याउने बताए । उनले महिलाले आफु सुन्दर हुन राम्रा कपडा, गहना पहिरिएर सुन्दर देखिएझैं उनको बोल्ने कलाको विकास पनि सोही सरह भयो भने अघि बढ्न र हरेक जिम्मेवारी सुन्दरतापुर्वक निर्वाह गर्न सफल हुने बताए । प्रमुख खांणले नगपालीका महिला, बालबालिका तथा हरेक नागरिकको विकासका लागि कार्यक्रम गरेर अघि बढीरहेकाले यो तालिम पश्चात नेतृत्व तहमा आवज उठाउनेगरि महिला सहभागिता हुनुपर्ने बताए ।

त्यस्तै वडाका अध्यक्ष आश्विन पौडेलले महिलाकै क्षेत्रमा २० औं वर्ष काम गरेपछि आफु राजनितीक धारमा प्रवेश गरेकाले महिलामाथि हुने हिंसा, उनीहरुलाई गरिने व्यवहार परिवर्तनका लागि नेतृत्व विकास र बोल्ने कला जरुरी रहेको बताए । उनले वडागत कार्यक्रम मात्र नभई अन्य दातृ निकायसंग सहकार्य गरि धेरैभन्दा धेरै कार्यक्रम गरेर महिलालाई अघि बढाउन आफुहरु लागिपरेको बताए ।

कार्यक्रममा सामाजिक डिभिजन कार्यालयका प्रमुख हरि विष्टले महिला अघि बढ्ने र क्षमता विकास गर्ने विषयमा कार्यालयले सहयोगी भुमिका निर्वाह गर्ने बताए । उनले आफुहरुको सहयोगले एउटै वडाका ६० महिला लाभांवित हुंदा उनीहरु मार्फत अन्य महिलाले समेत ज्ञान सिक्ने र अघि बढ्ने बताए ।

महिला नेतृत्व मंचकी अध्यक्ष बाला घिमिरेले आफुहरुले यस खालका कार्यक्रम गरि महिलाको विकासमा सहयोगी भुमिका खेल्न चाहेको बताइन् । उनले यस वर्ष केही कार्यक्रम गरेको र आगामी वर्ष आफुहरुले दिएको तालिमबाट पोक्त भएका महिलाले नै कार्यक्रम माग गर्ने, संचालन गर्ने र अघि बढ्न विश्वास लिएको बताइन् । कार्यक्रममा गोपाल पाण्डे, अर्चित श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । कार्यक्रमको संचालन मंचकी सचिव कोपिला काफ्लेले गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।