ताजा अपडेट »

संसदमा उठयो भारत-पाकिस्तानको विषय, सरकारको धारणा माग

विहीबार, २५ बैशाख २०८२, १२ : ५८
48 Shares
विहीबार, २५ बैशाख २०८२
48 Shares

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्धको विषय उठान भएको छ। नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।

उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’ उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन्। ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु' उनले भने ।

नेकपा माओवादी केन्द्रका उपमहासचिज जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्। भारतले 'अपरेसन सिन्दुर' गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरेपछि उनी भारतको पक्षमा खुलेका हुन्। 'भारतले आतंकवाद विरुद्ध 'अपरेसन सिन्दूर' सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो' उनले भनेका छन्, 'आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो, साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवााश्यय छ ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।