ताजा अपडेट »

प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी

विहीबार, २५ बैशाख २०८२, १५ : ४८
10 Shares
विहीबार, २५ बैशाख २०८२
10 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूचीको अनावरण कार्यक्रममा बोल्दै उनले उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्न सक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजिकरण हुने स्थिति बन्ने बताएका हुन् ।

उनले भने, ‘खासगरी नेपालमा प्रयोगशाला परीक्षण हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी छ । उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्नसक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजिकरण हुने स्थिती हुन्छ । यसरी पूर्ण क्षमतामा हामीले केन्द्रित भएर प्रयोगशालाई प्रयोगमा ल्याउनुपर्छ ।’

साथै उनले  प्रदेशहरुमा नयाँ प्रयोगशालाहरु खुलेकाले त्यसमा क्षमता वृद्धि गर्न जरुरी रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरु गर्न बाँकी नै रहेकाले आवश्यकताहरुलाई डब्लुएचओले समेत सहयोग पुर्याउने आशा व्यक्त गरे ।

उनले भने, ‘प्रदेशहरुमा नयाँ प्रयोगशालाहरु खुलेका छन् । त्यसमा क्षमता वृद्धि गर्न जरुरी छ । अस्पतालमा रहेका प्रयोगशालाहरु व्यापक छन् । स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरु गर्न बाँकी नै छ । यो क्षेत्र पूर्ण छैन । यसलाई पूर्णता दिन अझै पनि डब्लुएचओमार्फत सहयोग हुनसक्छ भन्ने आशा लिएका छौं । आवश्यकताहरु डब्लुएचओलाई पनि भन्नुपर्ने अवस्था छ ।’ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।