ताजा अपडेट »

भारतको एक्सनपछि पाकिस्तानी सुरक्षा समितिको बैठक बस्दै

विहीबार, ११ बैशाख २०८२, ०९ : ०६
236 Shares
विहीबार, ११ बैशाख २०८२
236 Shares

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।

जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि बुधबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक बसेको थियो। यस आक्रमणलाई ध्यानमा राख्दै सीसीएस बैठकमा धेरै महत्त्वपूर्ण निर्णयहरू लिइएका छन्। यसको जवाफमा पाकिस्तानका प्रधानमन्त्रीले पनि बैठक बोलाएका हुन्।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरे, ‘प्रधानमन्त्री शाहबाज शरीफले आज साँझ भारत सरकारले जारी गरेको विज्ञप्तिको जवाफ दिन बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनु भएको छ।’

मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो। यस आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।