ताजा अपडेट »

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उठे यस्ता प्रश्न

विहीबार, २५ बैशाख २०८२, १२ : ४२
22 Shares
विहीबार, २५ बैशाख २०८२
22 Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाउँदै छानविन गर्न माग गरेका छन् । उनले भने,“ आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको  छ । यसबारेमा छानबिन गर्नुपर्छ ।”

उनले सो  जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै  नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गरे ।

बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजानिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गरेको र तीन जना घाइते भएको जनाउँदै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरे। 

सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ छ । सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने  बताए ।  उनले रासायनिक मल अभाव हुन नदिनेतर्फ ध्यान दिन सरकारसँग माग गरे ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।