ताजा अपडेट »

बुटवल बहुमुखीमा शोधप्रस्ताव, शोधपत्र लेखन तथा अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न

आइतबार, २४ चैत्र २०८१, १५ : २२
182 Shares
आइतबार, २४ चैत्र २०८१
182 Shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर एमएड नेपाली शिक्षा चौथो सत्रका विद्यार्थीहरूका निम्ति शोधपत्र लेखन अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थको अध्यक्षता, क्याम्पस प्रमुख डा. अरुणकुमार क्षेत्रीको प्रमुख आतिथ्य तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.रामनाथ ओझाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम डा. प्रेमप्रसाद तिवारीको स्वागत तथा डा. शालिकराम पौड्यालको संचालनमा भएको थियो ।

दोस्रो सत्रमा शोधप्रस्ताव तथा शोधपत्र लेखन अभिमुखीकरण गोष्ठी तथा कार्यशालाको कार्यपत्र प्रस्तुति डा.सखिशरण सुवेदी, डा. शालिकराम पौड्याल, डा.प्रेमप्रसाद तिवारी र ईश्वरीप्रसाद पोख्रेल आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।

उद्घाटन सत्र र कार्यशाला गोष्ठी गरी दुई सत्रमा संचालित कार्यक्रममा शोधार्थी विद्यार्थीलाई शोधप्रस्ताव लेख्न समेत लगाई पृष्ठपोषण उपलब्ध गराइएको थियो।

44444444


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।