ताजा अपडेट »
आजकाे विनिमय दर

आज अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो, पाउन्ड र दिनार  समेत सस्तिए

विहीबार, १८ बैशाख २०८२, ०६ : ४९
28 Shares
विहीबार, १८ बैशाख २०८२
28 Shares

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको को छ। यी सबै मुद्राको विनियमदर हिजो भने बढेको थियो। 
आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ १४ पैसा छ। हिजो युरो १ को खरिददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा थियो।  त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा थियो।  त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५१ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७१ पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।