ताजा अपडेट »

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अविनास अस्पताल भर्ना

शुक्रबार, २६ बैशाख २०८२, २१ : २०
176 Shares
शुक्रबार, २६ बैशाख २०८२
176 Shares

सिरहा । गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा  स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षीय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् । अविनासको बुबाले विद्यालयबाट बालक (छोरा)को उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । 

बालक अविनासको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि तङ्गरिन एक साता लाग्न सक्ने अस्पताल सुत्रले बताएको छ । शिक्षक सन्तोष गुप्ताले अविनासलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनासले होसमा आएपछि अस्पतालको शैय्याबाट बताएका छन् । बालक अविनासको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिन्छ । 

गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले बालकलाई मरनासन्न हुने गरी कुटेको अविनासका बुबा सुरेश कुमार यादवले बताए । ‘म खाना खान बसेकामे थिएँ, अचानक कसैले फोन गर्यो । तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुदे । विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो ।’ बालकका बुवाले भने, ‘कसाईहरु रहेछन्, झण्डै मेरो बच्चा मारेनन् । सख्त कारवाही हुनुपर्छ ।’ आफूहरुले न्याय पाउनु पर्ने उनको माग छ ।

विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले कानून बमोजिम कारवाही हुने बताएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।