ताजा अपडेट »

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

शुक्रबार, २६ बैशाख २०८२, ०७ : २९
316 Shares
शुक्रबार, २६ बैशाख २०८२
316 Shares

बुवटल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित ड्याम साइड नजिकै विहिबार साँझ टिप्पर दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्याल पाल्पालले दिएको जानकारी अनुसार सिद्धबाबा नजिकै ड्यामसाइट क्षेत्रमा टायर पन्चड भएर टिप्पर दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी चालक रुपन्देहीको सियारी गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रभाकर यादवको ज्यान गएको हो । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २५१७ नम्बरको खाली टिप्पर टायर पन्चड हुँदा अनियन्त्रित भई करिब ६५ मिटर तल तिनाउ नदीमा खसेको थियो । घटना लगत्तै प्रहरी चौकी दोभानको टोली पुगरेर उद्धार गरी चालक यादवलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । 

उपचारका क्रममा चिकित्सकले यादवको मृत्यु घोषणा गरेका हुन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।