बुटवल । अण्डाको मूल्य बढेको छ । आजैदेखि लागु हुने गरी मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को ४१०, ठूलो अण्डा ४६० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य ४८५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट ३९०, ठूलो अण्डा ४१० र एक्स–एल अण्डा प्रतिक्रेट ४२५ रहेको थियो । यो फार्म मूल्य हो । उपभोक्तासम्म पुराउँदा प्रति क्यारेट थप १४० सम्म मूल्य बढ्ने नेपाल लयर्स कुखुरा पालक संघले जनाएको छ ।
बजारमा अण्डाको माग बढेको र लागत समेत बढी रहेकाले मूल्य बढाउनुपरेको नेपाल लयर्स कुखुरा पालक संघका सचिव मदन पोखरेलले बताए ।
प्रतिक्रिया