ताजा अपडेट »

तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप

विहीबार, २५ बैशाख २०८२, १९ : ४१
46 Shares
विहीबार, २५ बैशाख २०८२
46 Shares

काठमाडौँ । तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

उनीहरूविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरिएको हो ।

उनीहरूलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।