ताजा अपडेट »

रुपन्देहीमा बहिरा स्रोत शिक्षकालागि प्राविधिक पहुँचतकत्ता तालिम शुरु

विहीबार, २५ बैशाख २०८२, १९ : ४७
14 Shares
विहीबार, २५ बैशाख २०८२
14 Shares

बुटवल । रुपन्देहीमा श्रवण दृष्टिविहीन शिक्षकको लागि शिक्षण सिकाई क्रियाकलाप मा सहजीकरण गर्नको लागि विश्वस्तरको स्रोत सामग्रीको वेबसाईट सार्वजनिक गरिएको छ।

नेपाल सरकार पाठ्यक्रम विकास तथा स्रोत केन्द्र र राष्ट्रिय बहिरा महासंघको आयोजनामा उक्त वेबसाईट सार्वजनिक गरिएको हो। 

साथै, ५ दिनसम्म चल्नेगरी प्राविधिक शिक्षामा आधारित क्षमता विकास तालिमसमेत सुरु भएको छ। यस तालिममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका श्रोत शिक्षक सहभागी भएका छन्।

उनीहरूलाई प्राविधिक रूपमा परिस्कृत  माध्यमबाट कसरी विद्यार्थीलाई पढाउन सकिन्छ भन्नेबारे सिकाइनेछ। उनीहरुका लागि दुई जना दोभासे राखी तालिम दिन थालिएको बहिरा महासंघले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।