ताजा अपडेट »

लस भेगसमा हुने नेजाको नवौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा

विहीबार, २५ बैशाख २०८२, २३ : ०८
20 Shares
विहीबार, २५ बैशाख २०८२
20 Shares

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को नवौँ अधिवेशन मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस सहरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिएका छन् ।

उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि र पत्रकारहरू गरी कुल २ सय जनाको सहभागिता रहने पनि कन्भेनर अधिकारीले बताए । साथै, उक्त अधिवेशनमा प्रमुख अतिथिको रूपमा रहेकी  नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा अमेरिका आइसक्नुभएको  पनि अधिकारीले जानकारी दिए ।

यसै गरी, नेजाको नवौँ अधिवेशन प्रक्रियामा सहभागी हुन ८१ जना सदस्यले रजिस्ट्रेसन गरेको महासचिव बाबुराम दाहालले बताएका छन् । अधिवेशनका क्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’को लोकार्पण गरिनुका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मान समेत वितरण गरिने महासचिव दाहालले बताए । मे १० मा हुने उद्घाटन सत्रमा नेपाल र अमेरिकाका विभिन्न सङ्घ-संस्थाबाट अतिथिको रूपमा सहभागिता रहने बत्ताइएको छ ।

अधिवेशन लस भेगसको प्यालेस स्टेसनमा हुनेछ । नेजाको अधिवेशनलाई लिएर लस भेगसका नेपाली समुदायले पनि सक्रिय रूपमा सहयोग गरिरहेका छन् । एनआरएनए अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको यो अधिवेशनलाई लस भेगसको नेपाली समुदायले निकै महत्त्वका हिसाबले हेरिरहेको बताउँदै नेजाको यो अधिवेशनमार्फत लस भेगसको नेपाली समुदायको गतिविधि बाहिर लैजान पनि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।