अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले शुभकामना तथा अन्तरसंवाद गरेको छ । युनेस्कोले तय गरेको नया साहसिक संसारमा रिर्पोटिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृतिक बुद्दिमताको प्रभाव विषयमा केन्द्रीत रही नेजाले अन्तर संवाद गरेको हो ।
सो अवसरमा विषय वक्ताको रुपमा बोल्दैं प्रा। धर्मानन्द अधिकारीले पत्रकारितामा एआईको प्रयोगलाई अवसरको रुपमा लिदैं सावधानी पूर्वक यसको प्रयोगमा जोड दिए । यस्तैं, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले एआईको प्रयोगले पत्रकारितालाई सहज बनाएपनि यसको प्रयोगमा सावधानी नअपाउने हो भने पत्रकारिताका लागि यो चुनौती बन्ने उल्लेख गरे ।
संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार भागिरथ योगी, नेपाल पत्रकार महासंघका पूर्व उपसभापति एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली, नेपाल प्रेस युनियनका उपाध्यक्ष्ँ जीवन भण्डारी, प्रेस चौतारी नेपालका सचिव विक्रम लुईटेल, नेपाल पत्रकार महासंघ, युरोपका उपमहासचिव भरत प्रधान, श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल,पूर्व अध्यक्षहरु आङ छिरिङ शेर्पा, भोला आचार्य, पत्रकारहरु विष्णु छिमेकी, विनय देवकोटा, मनोज जोशी,हेमराज बराल, जानु पंगेनी, सुपेन्द्र बस्नेत, सिर्जना काफ्ले, सुदीप शिवाकोटी लगायतले धारणा राख्दैं पत्रकारिता नँया“ चरणमा प्रवेश गरेको र यसलाई चुनौतीस“गैं अवसरको रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेजाका उपाध्यक्ष सुजन पण्डितले स्वागत गरेका थिए भने महासचिव बाबुराम दाहालले कार्यक्रममा सहजीकरण गरेका थिए ।
प्रतिक्रिया