ताजा अपडेट »

भारत-पाकिस्तान द्वन्द्वकाे प्रभाव: इन्डिगो एयरलाइन्सले गर्याे १० सहरमा उडान रद्द

शुक्रबार, २६ बैशाख २०८२, १८ : ४७
40 Shares
शुक्रबार, २६ बैशाख २०८२
40 Shares

काठमाडाैं । भारत-पाकिस्तान टकराबबीच इन्डिगो एयरलाइन्सले १० सहरमा उडान रद्द गरेको छ। इन्डिगोले सामाजिक सञ्जाल एक्समा लेखेको छ- तपाईंको सुरक्षा सर्वोपरि छ। विमानस्थलमा सुरक्षा व्यवस्था बढाइएका कारण यात्रुहरूले सुरक्षा जाँच र अन्य औपचारिकताका लागि सामान्यभन्दा बढी समय लिनुपर्ने हुन सक्ने एयरलाइन्सले जनाएको छ।

इन्डिगोका अनुसार हालको मे १० तारिख २३:५९ बजेसम्म १० सहरमा उडानहरू रद्द गरिएको छ। इन्डिगोले उडान रद्द गरेका विमानस्थलहरूमा श्रीनगर, जम्मु, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला, बीकानेर, जोधपुर, किशनगढ र राजकोट छन्।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।