ताजा अपडेट »

राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने

सोमबार, १४ फागुन २०८०, १६ : ०९
42 Shares

 

काठमाडौं, १४ फागुन । राष्ट्रिय सभा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि चारदिन छलफल हुने भएको छ । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । 


उक्त प्रस्तावमाथि छलफल गर्न सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चारदिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन १७, २७, २९ र ३० गते छलफल हुने जानकारी गराएका हुन् । 


दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ–आफ्ना वक्ताको नाम बैठक सुरु हुनुभन्दा एक दिनअगाडि नाम टिपाउन उनले भनेका छन् । 


साथै सभाध्यक्ष तिमिल्सिनाले छलफलका क्रममा सांसदहरुले दिएको सुझावको टिपोट गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।