ताजा अपडेट »

दक्षजनशक्ती पलायन हुनबाट रोक्न व्याबसायमैत्री बातावरण आवश्यक

शुक्रबार, १४ बैशाख २०८१, ०८ : ४४
88 Shares

रुपन्देही । राजनीतिक अस्थिरताले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको सरोकारवालाहरुले बताएका छन । एकाउण्टबिलिटी ल्याव नेपाल र नेपाल इन्स्टीच्युट फर पोलिसी रिसर्चले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशमा व्यावसायिक बाताबरण सुदृढिकरण बिषयक छलफल कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बिकासमा राजनीति हुँदा निजी क्षेत्र हतोत्साही भइरहेको बताए । 

उनीहरुले करको दर होइन दायरा बढाउन सुझाव दिदै करदाताहरुलाई सम्मान गर्ने बाताबरण सरकारले बनाउनु पर्नेमा जोड दिए । बसाईसराईका कारण प्रदेश भित्रको दक्षजनसक्ती पलायन भइरहेकाले संभावना हुदाहुदै पनि लुम्बिनी प्रदेश भित्र व्यावसायिक बाताबरण सहज बन्न नसकिरहेको उनीहरुको ठम्याई थियो । कार्यक्रममा एकाउन्टबिलिटी ल्याव नेपालका राजु शर्माले सार्बजनिक निजी संबाद मञ्च मार्फत व्याबसायिक क्षेत्रका अवरोधहरु पहिचान गर्ने , सरकारी तथा निजी क्षेत्रको आपसी सहमतिमा नियमित संबाद गर्ने र सुधारका उपायहरु सिफारिस गर्ने अबस्था श्रृजना गर्न सकियो भने व्यवसायिक बाताबरण बनाउन योगदान पुग्ने बताइन । 

नेपाल इन्स्टीच्युट फर पोलिसी रिसर्चका जयजंग महतले केहिदिन अघि सार्बजनिक भएको नेपाल प्रतिश्पर्धात्मक सुचांङ्ख २०२४ का आधारमा लुम्बिनी प्रदेश मुख्य प्रतिश्पर्धात्मक र डिजिटल प्रतिश्पर्धात्मक सुचांङ्खमा चौथो प्रतिश्पर्धी प्रदेश भएको जानकारी दिए । उनले बिकासका दृष्टिकोणले संभाबना बोकेको भएपनि बिभिन्न कारणले सोचे अनुसारको प्रगति लुम्बिनी प्रदेशले गर्न नसकिरहेको बताए । 

लुम्बिनी प्रदेश योजना आयोगका निबर्तमान उपाध्यक्ष डाक्टर नहकुल के सी ले भैरहवाको अन्र्तराष्ट्रिय बिमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनु पर्ने र पर्यटकको बसाई लम्बाउने खालका योजना बनाउनु पर्नेमा जोड दिए । उनले अन्तर सरकार समन्वय नहुदा बिकासका योजना अलपत्र पर्ने गरेको बताए । डा के सी ले निजि क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने खालका निती बनाउनुको बिकल्प नभएको भन्दै सहजिकरणका लागि तिनै तहका सरकारको अग्रसरता आवश्यकता रहेकोमा जोड दिए।  

कार्यक्रममा बोल्दै प्रदेश सभाका उपसभामुख मेनका खाँण ले निती र बिधिका कारण लगानीमैत्रि बाताबरण बिग्रन नहुने भन्दै व्यावसायमैत्री बनाउन सरकारले ध्यान पुराउनु पर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्यहरु , प्रदेश सभा र प्रदेश मन्त्रालयका प्रमुख तथा प्रतिनिधिहरु , राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाहरुका प्रतिनिधिहरु , निजि क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।